बिमल चन्द्र पाल र आरती पाल मेमोरियल वेलफेयर अर्गनाइजेसनको तर्फबाट 700 जना महिलालाई लुगाफाटा वितरण

सिलगढी : बिमल चन्द्र पाल र आरती पाल मेमोरियल वेलफेयर अर्गनाइजेसनको तर्फबाट आज आवश्यकमन्द महिलाहरूलाई लुगाफाटा वितरण गरियो। अर्गनाइजेसनको तर्फबाट आज सिलगढीको 23 नम्बर वार्डको माइकल स्कुल नजिक एउटा कार्यक्रमबीच लगभग 700 जना गरिब महिलाहरूलाई नयाँ लुगाफाटा वितरण गरियो। दार्जिलिङ जिल्ला तृणमूल सभानेत्री पापिया घोष, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, 23 नम्बर वार्डका काउन्सिलर लक्ष्मी पाल, संगठनका अमर चन्द्र पाल लगायत अन्यको बाहुलीबाट आवश्यकमन्द महिलाहरूलाई वस्त्र वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *