बिमल गुरूङद्वारा जयगाउँको विभिन्न इलाकाको परिभ्रमण

जयगाउँ : गोजमुमो अध्यक्ष बिमल गुरूङले आज जयगाउँको विभिन्न इलाकाको परिभ्रमण गर्नको साथै यहाँको विभिन्न बुथहरूमा गएर पार्टीका कार्यकर्ताहरूसित बैठक पनि गरे। यस अवसरमा अध्यक्ष बिमल गुरूङलाई पार्टी समर्थकहरूले विभिन्न ठाउँहरूमा भव्य रूपमा स्वागत जनाए। यस अवधि तिनले आज जयगाउँको खोकला, रामगाउँ लगायत विभिन्न इलाकाको परिभ्रमण गर्नको साथै उक्त क्षेत्रका पार्टीका कार्यकर्ता तथा समर्थकहरूसित बैठक पनि गरे।


यस अवसरमा गोजमुमो महासचिव रोशन गिरी, गोजमुमो केन्द्रिय कमिटीका सदस्यहरू लगायत डुवर्स कमिटीका सचिव विशाल लामा पनि उपस्थित थिए। डुवर्सको विभिन्न इलाकामा गोजमुमो अध्यक्ष बिमल गुरूङको विविध कार्यक्रम रहेको साथै जयगाउँको विभिन्न इलाकाको घर-घर पुगेर त्यहाँका मानिसहरूसित कुराकानी गरेको विशाल लामाले बताए। यसको साथै बिमल गुरूङले जयगाउँको विभिन्न बुथहरूमा गएर दलीय कार्यकर्ताहरूसित बैठक गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *