बिमल गुरूङद्वारा नागरी धजे समष्टिको परिभ्रमण

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङले विभिन्न समष्टि भ्रमणको क्रमलाई जारी राख्दै नागरी धजे समष्टि आइपुगेका छन्। क्षेत्रको विभिन्न ठाउँहरूमा तिनलाई भव्य स्वागत जनाइयो। यस अवधि तिनले एकाधिक पवित्र आध्यात्मिक स्थल एवम् मन्दिरहरूको पनि दर्शन गरे। यसैबीच अध्यक्ष गुरूङले समष्टिको एभनग्रोभ निम्न शाखा अन्तर्गत नौ नम्बर पारस गाउँदेखि तीन किलोमिटर दूरत्वको नयाँ सड़क मार्ग निर्माण कार्यको शिलान्यास गरे। एभनग्रोभ नौ नम्बर वासीले विगत धेरै वर्षदेखि यातायात समस्या झेल्दै आइरहेका छन्। विशेष गरेर पाको उमेरका नागरिक, गर्भवती महिला, रोगीहरूलाई उक्त सडक भएर आवतजावत गर्न निक्कै असुविधा भइरहेको छ।  अन्य राजनैतिक पार्टी तथा विभिन्न योजनाबाट बाटो बनिने आशामा बसेका स्थानीय मानिसहरूको सडकको समस्या सामधान नभएपछि अध्यक्ष गुरूङ यसको समाधान गर्न अघि आएको मोर्चा समष्टि अध्यक्ष विक्रम तामाङले बताए। तिनले शाखा तथा समष्टिको पक्षबाट अध्यक्ष गुरूङप्रति आभार प्रकट गरे।


अर्कोतिर, अध्यक्ष गुरूङले आफू सत्तामा नभए तापनि जनताको समस्यालाई बुझेर आफ्नै बलबुतामा बाटो निर्माण गर्न अघि आएको बताए। यसको साथै तिनले पछिल्ला समयमा पनि आफू सत्तामा छँदा धेरै विकासमूलक कार्यहरू गरेको बताए। तिनले पीएमजीएसवाई, आरआईडीएफ लगायतको योजनाबाट बनिएको बाटो सन्तोषजनक नरहेको आरोप लगाउँदै ठेकेदारहरूलाई उक्त सडक निर्माणमा गुणस्तरीय सर-समानहरू प्रयोग गरेर पक्का बाटो बनाउने निर्देश दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *