बिमल गुरुङद्वारा रेलिङ कैजले समष्टिको परिभ्रमण

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष बिमल गुरुङ आज रेलिङ कैजले समष्टिको परिभ्रमणमा आइपुगेका छन्। तिनी आज दिउँसो दलबलको साथमा सुके मानेभञ्ज्याङ हुँदै रेलिङ कैजले आइपुगे। अध्यक्ष गुरुङलाई स्थानीय पार्टी समर्थकहरूले ठाउँ-ठाउँमा भव्य स्वागत जनाए। तिनले हालै लखनऊ सेना छाउनीमा मरेका पेम्बा हिस्से तथा गोर्खाल्यान्ड आन्दोलनको समयमा शहीद बनेका महेश गुरुङको परिवारका सदस्यहरूसित भेटघाट गरे।


आज बिहान सुकिया मानेभञ्ज्याङ समष्टिबाट निस्केका गुरुङले गत केही महिनाअघि प्राकृतिक आपदाको चपेटमा परेको आरुबोटेको समेत भ्रमण गरेर पीडित परिवारहरूसित कुराकानी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *