बिमल गुरूङद्वारा सहिद वरूण भुजेललाई चौथो पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण

कालेबुङ :  गोजमुमो अध्यक्ष बिमल गुरूङले सहिद वरूण भुजेलको चौथो पुण्यतिथिमा तिनलाई स्मरण एवम् नमन गर्दै आज कालेबुङस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलि अर्पण गरे।


यस अवसरमा कालेबुङ जिल्ला समिति अध्यक्ष एवम् केन्द्रीय समिति सदस्य डा. आरबी भुजेल, केन्द्रीय सांगठनिक सचिव विजय सुन्दास, निमा तामाङ, दीपेन माले, सहसचिव अनिल लोप्चन, सामेल गुरूङ, उपाध्यक्ष नोर्देन लामा, केन्द्रीय समिति सदस्य सोनम याखा, दावा लेप्चा, प्रवीण रहपाल, कालेबुङ जिल्ला समिति प्रवक्ता भुवन पी खनाल लगायत युवा मोर्चा, नारी मोर्चा, नगरपालिकाका वार्ड पार्षद्-पार्षदिका अनि विभिन्न भ्रातृ संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरू उपस्थित रहेर सहिद वरूण भुजेललाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरे। स्मरण रहोस्, विगत 2017 सालको गोर्खाल्यान्ड आन्दोलनमा जेल बन्दी परेर जेलमा नै सहिद बनेका वरूण भुजेलको आज चौथो पुण्यतिथि हो। यसैले गोजमुमो पार्टीको तर्फबाट पहाडको विभिन्न ठाउँहरूमा आज तिनको चौथो पुण्यतिथिको अवसरमा श्रद्धाञ्जलि दिए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *