बिमल गुरूङद्वारा सिलगढी चम्पासरी क्षेत्रको परिभ्रमण

सिलगढी: गोजमुमो अध्यक्ष बिमल गुरुङले आज अचानक सिलगढी चम्पासरी क्षेत्रको परिभ्रमण गर्नको साथै यहाँका विभिन्न ठाउँहरूमा पार्टीका कार्यकर्ताहरूसित पनि भेट गरे। यसैक्रममा गुरूङले पार्टीका सक्रिय कार्यकर्ता रहेका दिवंगत शिव प्रसाद चम्लागाइँ (हनुमान बाजे) को परिवारका सदस्यहरूसित आज तिनकै वासस्थानमा पुगेर भेट गरे। गोर्खा जनमुक्ति मोर्चा पार्टीमा गत 2008 देखि नै हनुमान बाजे सक्रिय रूपमा खट्नको साथै तिनी पार्टीका केन्द्रीय समिति सदस्य पनि थिए।


 

सिलगढीको चम्पासरी, मिडल प्लास निवासी शिव प्रसाद चम्लागाइँको गत 3 जनवरी 2020 मा निधन भएको समयमा बिमल गुरूङ अज्ञात ठाउँहरूमा विस्थापित जीवन बिताइरहेकोले गर्दा तिनी अन्तिम संस्कारमा आउन नसकेको बताइएको छ। त्यसैले आज गोजमुमो अध्यक्ष बिमल गुरुङले दिवंगत चम्लागाइँको परिवारका सदस्यहरूसित भेट गरेर शोक सम्वेदना प्रकट गरे। यस अवसरमा गोजमुमो अध्यक्ष बिमल गुरूङले यहाँस्थित मन्दिरमा सम्पन्न भइरहेको एउटा धार्मिक कार्यक्रममा पनि अंश ग्रहण गरेर पुजा-पाठ गरे। तिनीसित उपाध्यक्ष बिशाल छेत्री, महासचिव रोशन गिरी लगायत पार्टीका अन्य सक्रिय सदस्यहरूको पनि उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *