बिमल गुरूङको गोरूबथान भ्रमण अवधि यहाँको निम बस्तीका 13 परिवार भागोप्रमो-मा सामेल

गोरूबथान : गोजमुमो अध्यक्ष बिमल गुरूङ हाल कालेबुङ जिल्लाको गोरूबथान ब्लक क्षेत्रको परिभ्रमणमा नै रहेको समय 13 परिवारले पार्टी छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झण्डा समाते। प्राप्त जानकारीअनुसार गोजमुमो अध्यक्ष बिमल गुरूङ गोरूबथान पुगेको लगत्तै 1 दिनपछि आज यहाँको निम बस्ती क्षेत्रबाट 13 परिवारले पार्टी त्यागेर अनित थापालाई समर्थन जनाउँदै तिनको पार्टीमा सामेल भए। यी सामेल हुनेहरूमा निम बस्ती क्षेत्रका टार्जेन लेप्चा, सुरज राई, राजीब लेप्चा, पाल्देन लेप्चा, साङ दोर्जी लेप्चा, नामगेल शेर्पा, जुनी तामाङ, विदेश लेप्चा, टासी छिरिङ लेप्चा, पासाङ छिरिङ लेप्चा, पेमा लेप्चा, पूर्बा छिरिङ लेप्चा आदि सामेल छन्।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *