बिमल गुरूङको पहलमा कञ्चनजङ्घा आइसोलेसन सेन्टरको उद्घाटन

दार्जिलिङ: पहाडको जनतालाई कोभिड 19 को दोस्रो लहरको संक्रमणबाट सुरक्षित राख्ने उद्देश्य लिएर गोजमुमो अध्यक्ष बिमल गुरूङको पहलमा आज टकभरस्थित मालीधुरामा सिंहलिला वेलफर सोसाइटीको सहयोगमा कञ्चनजङ्घा आइसोलेसन सेन्टर शुरू गरेको छ। राज्यका मन्त्री मलय घटकले अनलाइन मार्फत् आज उक्त कञ्चनजङ्घा आइसोलेसन सेन्टरको विधिवत् रूपमा उद्घाटन गरे।


यस अवसरमा बिमल गुरूङ, रोशन गिरी लगायत पार्टीका अन्य सदस्यहरू उपस्थित थिए। यहाँको कञ्चनजङ्घा पब्लिक स्कुलमा शुरू गरिएको उक्त सेन्टरमा महिला अनि पुरुषको निम्ति अलग-अलग वार्डको व्यवस्था गरिएको छ भने सेन्टरमा तीनदेखि चारवटा एम्बुलेन्सको व्यवस्था गरिने बताइएको छ। अर्कोतिर, राज्यसभा सांसद शान्ता छेत्रीले उक्त कार्यको निम्ति बिमल गुरुङलाई शुभकामना व्यक्त गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *