बिमल गुरूङ कालेबुङ भ्रमणमा, 16 जना पार्टीमा सामेल

कालेबुङ : गोजमुमो अध्यक्ष बिमल गुरूङ सांगठनिक कार्यक्रमहरूलाई लिएर आज कालेबुङ आइपुगेका छन्। तिनको कालेबुङ भ्रमण हुन साथ आज कालेबुङको विभिन्न ठाउँहरूबाट गोजमुमोमा सामेल हुने क्रम पनि शुरू भएको छ। यसै क्रममा अप्पर डुंग्रा बस्ती चिसोपानी क्षेत्रबाट 16 जनाले गोजमुमो 2 अनि भाजपा पार्टी त्यागेर बिमल खेमा गोजमुमोमा सामेल भए। तिनीहरूलाई अध्यक्ष बिमल गुरूङले खदा लगाई दिएर आफ्नो पार्टीमा स्वागत जनाए। पार्टी सूत्रले दिएको जानकारीअनुसार कालेबुङको विभिन्न ठाउँहरूबाट अझ अन्य समर्थकहरूले पनि बिमल खेमामा समर्थन जनाउने कार्यक्रम रहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *