बिमल गुरूङको नजिकमा रहेर काम गर्ने टिस्टा भेल्लीका युवाहरू भागोप्रमो-मा सामेल

टिस्टा भेल्ली (निसं): गोजमुमो अध्यक्ष बिमल गुरूङको नजिकमा रहेर काम गरेका तकदाह टिस्टा भेल्ली समष्टीका केही मोर्चा नेतृत्वहरू भागोप्रमो-मा सामेल भएका छन्। दिपेन लिम्बु, सुरज लिम्बु, शंकर गुरूङ, कमल राई, सुधिप कार्की आदिले आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका तकदाह टिस्टा भेल्ली समष्टी सभासद डन्डुप पाख्रीङलाई तिनकै निजी वासस्थान नामरिङमा भेट गरेर आफुहरू रिहाइ भएर आएकोमा साथै पार्टीको तर्फबाट सहयोग पुऱ्याएकोमा पार्टी अध्यक्ष अनित थापा अनि सभासद डन्डुप पाख्रीङलाई धन्यवाद दिँदै टोपी तथा शाल ओढाई दिएर सम्मान जनाए।


यस अवसरमा भागोप्रमो-मा अगावै सामेल भए तापनि कतिपय कारणवश पार्टीलाई सहयोग गर्न सकेका थिएनौ र अबउसो पार्टी र सभासदलाई आफुहरूको तर्फबाट दिलो ज्यान दिएर सहयोग गर्ने साथै आगामी पञ्चायत चुनाउमा टिस्टाभेल्लीको कमजेट माथिलो बुथलाई हर हालतमा जिताउने दिपेन लिम्बुले सभासद पाख्रीनलाई आश्वासन दिए। यसको साथै अन्य युवाहरूले पनि पार्टीको हरेक कार्यक्रममा अब खुलेर अघि आएर सहयोग गर्ने वचन दिएका छन्। उक्त भेट अवधि भागोप्रमो टिस्टा भेल्ली जोन अध्यक्ष मेन्डुप तामाङ, समष्टी सहसचिव ललित राई आदि पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *