बिमल गुरुङको नेतृत्वमा विभिन्न प्रजातिको 6 सय रुखका विरुवा रोपण

दार्जिलिङ: प्रकृतिसँग जुझेर होइन प्रकृतिलाई माया गरेर हामीले हाम्रो पर्यावरणलाई शुद्ध र स्वच्छ राख्नुपर्छ भन्ने उद्देश्यको साथमा आज गोजमुमो अध्यक्ष बिमल गुरुङको नेतृत्वमा लगभग 6 सयवटा रुखको विरुवाहरू रोपियो। यस अवसरमा गोजमुमो अध्यक्ष बिमल गुरूङले भने, हामी वरिपरिको वातावरण शुद्ध र स्वच्छ बनाउन सके धेरैवटा बिमारीहरूबाट हामी जोगिन सक्छौं। हाल कोरोना महामारीको समयमा अक्सिजनको धेर खाँचो रहेकोले रुखको विरुवाहरू रोपेर हामी बस्ने क्षेत्रलाई अक्सिजनको कमिबाट जोगाउन सक्छौं भनी तिनले बताए। रुखको विरुवाहरू रोपेर चारैतिर हरियालीयुक्त बनाउने उद्देश्य लिएर आज रुखको विरुवाहरू रोपेको साथै साउन महिना भरिमै पहाडको विभिन्न क्षेत्रहरूमा रुखको विरुवाहरू रोप्ने गुरूङले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *