बिमल गुरुङको पहलमा समाबियोङमा सडक निर्माण कार्य शुरू

गोरुबथान: गोजमुमो अध्यक्ष बिमल गुरुङले गोरूबथान भ्रमण अवधि यहाँका विभिन्न गाउँ-बस्तीमा पुगेर त्यहाँका साधरण मानिसहरूसित भलाकुसारी गर्दै त्यहाँका विविध समस्या समाधानको आश्वासन दिए। यस अवधि 43 नम्बर समष्टिको 2 निम ग्राम पञ्चायत अन्तर्गत सामबियोङ तीनधुरे गाउँको भ्रमण अवधि गाउँलेहरूले बाटोको समस्या रहेको कुरा अवगत गराए पछि तिनले बाटो निर्माण गरिदिने वचन दिएका थिए। सोही वचन पुरा गर्दै आजदेखि गोर्खा जन मोर्चाको पहलमा समाबियोङ तीनधुरे गाउँमा गाडीको बाटो निर्माण कार्य शुरु गरिएको छ। रमेश हाङखिमले दिएको जानकारी अनुसार बाटोको कार्य शुरु गरिदिएकोमा स्थानीय मानिसहरु धेरै खुशी  भएका छन्। यस कार्यको निम्ति गाउँलेहरुले गोजमुमो अध्यक्ष बिमल गुरुङ लगायत 43 नम्बर समष्टिका सम्पूर्ण पदाधिकारीप्रति आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *