बिमल गुरूङको प्रतिवादमा सिलगढीमा प्रदर्शन

सिलगढी : कुनै पनि राजनीतिक पार्टी अथवा संघ-संगठनको ब्यानरबिनै आज सिलगढीको हासमी चोकमा राज्य सरकारको प्रतिवाद जनाउँदै केही मानिसहरूले विक्षोभ प्रदर्शन गरे। ती विक्षोभ प्रदर्शनकारीहरूले हातमा ब्यानर बोकेर विभिन्न मुद्दाहरू रहेको गोजमुमो अध्यक्ष बिमल गुरूङले कसरी राज्य सरकारको पुलिसको संरक्षणमा राजनीतिक कार्यक्रमहरू गरिरहेका छन् भन्ने प्रश्न गर्यो।


यसको साथै प्रदर्शनकारीहरूले तृणमूल कांग्रेस र भाजपाले दार्जिलिङ पहाडको मानिसहरूको भावनासँग राजनैतिक खेलवाड गर्नु बन्द गरिनुपर्छ भन्ने बताए। तिनीहरूले पहाड, समतलको एकता यथावत् रूपमा बलियो रहनुपर्ने बताए। उक्त प्रदर्शनको नेतृत्व सीपीआईएम नेता शङ्कर घोषले कुनै पनि राजनीतिक पार्टी अथवा संगठनको ब्यानरबिनै गरेका थिए। यस विक्षोभ कार्यक्रममा केही मानिसहरूको उपस्थिति रहेको थियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *