गोरूबथान: गोजमुमो अध्यक्ष बिमल गुरुङको सहयोग अनि गोरूबथान 43 नम्बर समष्टिका केन्द्रीय समिति सदस्य तथा समष्टि संयोजक जुरन राई अनि समष्टि पदाधिकारीगण, पार्टी प्रतिनिधिहरुको पहलमा गोरूबथानको दुर्गम क्षेत्र लोवर तामाङ गाउँदेखि गडीटार फरेस्ट बस्तीसम्म पुग्ने सडकको खनन् कार्य गरियो। सडक नभएको कारण यो दुर्गम क्षेत्रमा दीर्घ दिनदेखि मानिसहरुले धेरै समस्याहरू झेल्दै आइरहेका थिए भने अब लोवर तामाङ गाउँ अनि गडीटार फरेस्ट बस्तीसम्म पुग्ने सडक बनिएकोमा हर्ष प्रकट गर्दै गाउँलेहरुले अध्यक्ष बिमल गुरुङ, केन्द्रीय समिति सदस्य तथा समष्टि संयोजक जुरन राई अनि समष्टि पदाधिकारीहरूलाई आभार व्यक्त गरेका छन्।
