बिमल गुरूङलाई स्वागत जनाउन पुल बिजनबारी गोक समष्टिको सभा

बिजनबारी: गोजमुमो पुल बिजनबारी गोक समष्टि (बिमल पन्थी)-को एउटा सभा आज नयाँ नोर ग्राम अधीनस्थ तुम्बायोक खेल मैदानमा सम्पन्न भयो। समष्टिभरिका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न सभामा गोजमुमो अध्यक्ष विमल गुरुङले हालै गरेको निर्णयलाई स्वागत जनाउनको साथै तिनीसँगै विस्थापित भएका 5 हजार मानिसहरूलाई पहाडमा स्वागत रहेको समष्टि संयोजक विनय सुब्बाले बताए। तिनले अझ बताएअनुसार पहाडका सम्पुर्ण जनमानस विगत 3 वर्षदेखि भूमिगत अवस्थामा रहेका बिमल गुरुङलाई प्रतीक्षा गरिरहेका छन्। सभामा मुख्य रूपमा संयोजक सुब्बा बाहेक नारी मोर्चा प्रमुख मिना शर्माको पनि विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *