बिमल गुरुङले दार्जिलिङ पहाडमा भ्रमको राजनीति गरिरहेको आरोप

मिरिक: बिमल गुरुङपन्थी गोजमुमोले विगत केही हप्ता अघि खरसाङको एउटा जनसभालाई सम्बोधन गर्दै दार्जिलिङ र खरसाङबाट एक-एकजना नेता रहँदैन भन्दै गोजमुमो दुईका अध्यक्ष बिनय तामाङ र महासचिव अनित थापाप्रति इङ्गित गरेको 15 दिन बितिसक्दा पनि आज पहाडमा बिनय तामाङ र अनित थापालाई कसैले केही गर्न नसकेको गोजमुमो मिरिक महकुमा समिति उपाध्यक्ष लाडुप घिसिङले दाबी गरे। आज मिरिकमा प्रेस सम्मेलनलाई सम्बोधन गर्दै घिसिङले बिमल गुरुङले दार्जिलिङ पहाडमा भ्रमको राजनीति गरिरहेको आरोप लगाउँदै अनित थापाको कार्य प्रणाली उत्कृष्ट भएको फलस्वरूप नै राज्य सरकारले जीटीए अध्यक्ष पदको अवधि अझ 6 महिना बढाएको बताए। गोजमुमो अध्यक्ष विनय तामाङ र महासचिव अनित थापाको राज्य सरकारसित राम्रो सम्बन्ध भएको फलस्वरूप नै गोजमुमो र टीएमसीको बलियो गठबन्धन रहेको तिनले जानकारी दिए। दार्जिलिङ, खरसाङ अनि कालेबुङ अत्यन्तै महत्वपूर्ण क्षेत्र भएकोले उक्त तीनै विधानसभा क्षेत्रबारे पार्टीसित सबैकुरा भएको कारण चुनाउ गठबन्धनबारे समयले नै बताउने जानकारी दिए। यसको साथै घिसिङले भाजपा पार्टीले विगत 15 वर्षको अवधिमा गोर्खा जातिको निम्ति केही नगरेको आरोप लगाउँदै जनतालाई भ्रमको राजनीतिबाट टाढा रहने आग्रह गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *