बिमल गुरूङले दिए आफ्नो बयानको स्पष्टीकरण

खरसाङ : गोजमुमो अध्यक्ष बिमल गुरुङले खरसाङमा आज एउटा पत्रकार सम्मेलनमार्फत् केही दिनअघि खरसाङ क्षेत्रको विषयमा दिएको बयानको स्पष्टीकरण दिँदै खरसाङ यस्तो ठाउँ हो जहाँ टुरिजम सेक्टर छैन भनी बताए। यसको साथै तिनले 2012 देखि 2017 सम्ममा बेलटार, रोहिणी घिर्लिङ परियोजना, प्याराग्लाइडिङ परियोजनाहरू टुरिजम सेक्टरको निम्ति गरिने विचार राखेको व्यक्त गर्दै खरसाङमा हालसम्म टुरिजम विभाग फ्रस्टाउन नसकेको कारण टुरिस्टहरू यस ठाउँको सौन्दर्य अनि खानपीनप्रति चासो नराखेको अनि दार्जीलिङ आउने जाने क्रममा खरसाङमा शौचालयको मात्र प्रयोग गरिरहेको कारण आफूले केहीदिन अघि त्यस्तो बयान दिएको भनी बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *