बिमल गुरूङले गरे कुमारग्राम विधानसभाका प्रार्थी लुईस कुजूरको समर्थनमा चुनाउ प्रचार

अलिपुरद्वार : गोजमुमो अध्यक्ष बिमल गुरूङले आज कुमारग्राम विधानसभा क्षेत्रका तृणमूल प्रार्थी लुईस कुजूरको समर्थनमा चुनाउ प्रचार गरे। आज कुमारग्राम विधानसभा क्षेत्रको कान्जाली बस्तीमा तृणमूल कङ्ग्रेसद्वारा आयोजना गरेको पथसभामा बिमल गुरूङ मुख्य रूपमा उपस्थित थिए। यस अवसरमा बिमल गुरूङले भाजपाको खोइरो खने। उक्त पथसभामा तृणमूल कङ्ग्रेसका प्रार्थी लुईस कुजूर, तृणमूल कङ्ग्रेसका कुमारग्राम ब्लक सभानेत्री जुली लामा, मजिला लामा लगायत तृणमूलका अन्य कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *