बिमल गुरूङले गोरूबथान सोमबारे बजारको फेदमा पुगेर स्थानीय मानिसहरूसित गरे भेटघाट

गोरूबथान: गोजमुमो अध्यक्ष बिमल गुरूङले गत 20 दिसम्बरदेखि शुरू गरेको कालेबुङ जिल्लाको गोरुबथान खण्ड अन्तर्गत पर्ने विभिन्न दुर्गम ठाउँहरूको परिभ्रमण गरेपछि आज अन्तिम दिन तिनले सोमबारे बजारको फेदमा पुगेर त्यहाँका स्थानीय मानिसहरूसित भेटघाट गर्दै तिनीहरूको विविध दुखेसोहरू सुने। यस अवसरमा बिमल गुरूङलाई मानिसहरूले विभिन्न ठाउँमा खदा लगाइदिएर स्वागत जनाए।


स्थानीय मानिसहरूले सुनाएको दुखेसो अनुसार त्यस ठाउँका मानिसहरू एकातिर हातीको आतङ्कले आतङकित छन् भने अर्कोतिर बर्खामा चेलखोलाको ‌आतङ्कले पनि आतङ्कित बन्दै बाँचिरहेका छन्। यसको साथै बर्खामा ‌बाँधको माथिबाट उर्लिँदो भेल गाउँ नै बगाउने गरी पस्ने गर्दछ। यदि त्यस ठाउँमा अलिक राम्रो बाँध निर्माण गरिए थोरै भए तापनि राहत महसुस गर्न सकिने ‌त्यहाँका मानिसहरुको भनाई रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *