बिमल गुरूङले कालेबुङ अदालतमा दिए हाजिरी

कालेबुङ : विगत 2017-को अलग राज्य गोर्खाल्याण्डको माग अवधि लागेको मामिलाको कानुनी प्रक्रिया पुरा गर्न आज गोजमुमो अध्यक्ष बिमल गुरूङ कालेबुङ न्यायालयमा उपस्थित भए। यस अवसरमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा तिनले बताएअनुसार आफूमाथि लागेको मामिलाको हाजिरी दिनलाई मात्र आफू आज कालेबुङ अदालत आइपुगेको हो। न्यायालयमा उपस्थिति दिएपछि तिनी त्यहाँबाट सोझै कालेबुङ सहरस्थित पार्टी कार्यालयमा पुगे। त्यहाँ तिनले पार्टीका प्रतिनिधिहरूसित सांगठनिक विषयहरूमा कुराकानी गरे। पार्टी अध्यक्ष गुरूङ कार्यालयमा आइपुगेको थाहा पाएपछि तिनलाई भेट्न धेरै संख्यामा मानिसहरू भेला भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *