बिमल गुरूङले तृणमूलसित गरेको सम्झौतालाई गोजमुमो सुकुना पानीघट्टा समष्टिको समर्थन

मिरिक : बिमलपन्थी गोजमुमो सुकुना पानीघट्टा समष्टि एकका अध्यक्ष रमेश श्रेष्ठले आज एउटा पत्रकार सम्मेलनमार्फत् बिमल गुरुङले तृणमूल कांग्रेससँग गरेको चुनावी गठबन्धनलाई समर्थन जनाएका छन्। तिनले राज्य सरकारसँगको सम्झौतालाई कुटनैतिक सम्झौता रहेको ठहर गर्दै देश, काल, परिस्थितिको कारण राजनैतिक निर्णय लिएको बताए। तिनले गोर्खाल्याण्ड मुद्दालाई बचाउने पहाडको नेता बिमल गुरुङ मात्र हो भन्दै गोर्खाल्याण्डको मुद्दा कहिल्यै पार्टीले नछोडने बताए। पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य सन्तोष रसाईली, सांगठनिक सचिव शरण थापा, समष्टि सदस्य काशीनाथ शर्मा लगायत निरपानी शाखा अध्यक्ष र सचिवको पनि उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *