बिमल गुरूङ फर्किए आज आफ्नो गाउँ पातलेबाँस

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष बिमल गुरुङ विस्थापित जीवन बिताएर गत आतवार दार्जिलिङ फर्किए तापनि आज बिहान मात्र तिनी आफ्नो वासस्थान पातलेबास, पार्टी कार्यालय पुगे। यस अवधि तिनी लगायत विस्थापित सदस्यहरूलाई गाउँले तथा पार्टीका कार्यकर्ताहरूले भव्य रूपमा स्वागत जनाए। पातलेबाँसको आफ्नो पार्टी कार्यालय लगायत पैतृक जन्मथलो तथा आफुले गरिब नानीहरूको लागि बनाएको स्कूलको अवस्था देखेर बिमल गुरूङ निक्कै भावुक देखिए। यसको साथै साढे तीन वर्षको अवधिमा आफुसँग विभिन्न ठाउँहरूमा विस्थापित जीवन बिताएर फर्केका गोरुबथान अनि मिरिकका केही विस्थापित परिवारहरूलाई मोर्चा अध्यक्ष बिमल गुरुङले अश्रुपूर्ण विदा दिँदै खदा लगाइ दिएर आ-आफ्नो घरमा स-सम्मान पठाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *