बिमल गुरुङ पुल बिजनबारी गोक समष्टिको परिभ्रमणमा

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चा संस्थापक अध्यक्ष बिमल गुरुङ हाल बिजनबारी क्षेत्रको परिभ्रमणमा छन्। यसै क्रममा तिनले आज पुल बिजनबारी गोक समष्टिको विभिन्न क्षेत्रहरूको परिभ्रमण गरे। बिमल गुरुङ आज बिहानै फारसे गाउँ हुँदै समष्टि पसेका थिए भने नयाँ नोर ग्राम अधीनस्थ तुम्बायोक खेल मैदानमा आयोजना गरिएको सभालाई सम्बोधन पनि गरे। यस अवधि तिनले पार्टीका कार्यकर्ताहरूसित भेटघाट गरे।


यसपछि तिनी आनन्देन हुँदै नयाँ बस्ती पुगेपछि स्थानीय समर्थकहरूले आयोजना गरेको एउटा सभालाई सम्बोधन गरे। यसैगरी, तिनी गोरुकट्टा हुँदै पुलबजार प्रवेश गरेपछि त्यहाँ एउटा सभालाई सम्बोधन गरे भने आज साँझ बिजनबारी नेपाली धर्मशालामा आयोजित सभालाई तिनले सम्बोधन गर्ने भएका छन्। उक्त भ्रमण अवधि महासचिव रोशन गिरी, युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ, समष्टि संयोजक विनय सुब्बा लगायत स्थानीय पार्टी समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *