बिमल गुरुङसित भेट गर्यो गोजमुमो कोलकाता शाखाले

कोलकाता :  गत 3 वर्षदेखि भूमिगत रहेका गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङसित हिजो गोजमुमो बिमल खेमा कोलकाता शाखाका सदस्यहरूले कोलकातामा भेट गरे। गोर्खा जातिको उन्मुक्तिको संघर्षको क्रममा वर्तमान समयमा पहाडको संकटकालीन भयावह राजनैतिक परिस्थितिमा जाति अनि गोर्खाल्याण्डको मुद्दामा कुनै सम्झौता नगरी तिनले लिएको समय सापेक्ष र दूरदर्शी निर्णयलाई पूर्ण सहमति साथै स्वागत जनाएको कोलकाता शाखा सदस्यहरूले बताए। उक्त भेटवार्तामा गोजमुमो बिमल खेमा कोलकाता शाखा अध्यक्ष अभिनाश छेत्री, महासचिव पुरन गिरी लगायत समितिका सम्पूर्ण सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *