बिमल गुरूङ स्वस्थ भएपछि अस्पतालबाट फर्किए दार्जिलिङ

गान्तोक : बिमल गुरूङ गान्तोक एसटीएनएम अस्पतालबाट डिस्चार्ज भएर आज दार्जिलिङ आफ्नो घरतर्फ प्रस्थान गरे। यसभन्दा अघि तिनले गान्तोक देवरालीस्थित पुरानो चर्चित छेतेन गुम्बामा गएर बौद्ध धर्म परम्पराअनुसार पुजा अर्चना पनि गरे।


स्मरण रहोस्, जीटीए चुनाउको विरोध गर्दै आमरण अनशनमा बसेका गोजमुमो अध्यक्ष बिमल गुरूङको 5 दिनपछि शारीरिक अवस्था चिन्ताजनक बन्न पुगेपछि अनशनस्थलबाट उठाएर तिनलाई एक रात दार्जिलिङ अस्पतालमा राखेपछि गत 30 मईको दिन तिनको उपचारको लागि सिक्किमको गान्तोकस्थित एसटीएनएम अस्पतालमा भर्ना गरिएको थियो। आज एक हप्तापछि स्वस्थ भएर बिमल गुरूङ आफ्ना पार्टीका केही नेतृत्वहरूसितै दार्जिलिङ फर्किए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *