बिमल खेमा बेङ्गलोर शाखाका सल्लाहकार प्रदीप गुरूङ विनय खेमामा सामेल

सिलगढी : गोर्खा जनमुक्ति मोर्चा बेङ्गलोर शाखा बिमल खेमाको सल्लाहकार प्रदीप गुरूङ विनय खेमामा सामेल भएका छ‌न्। गोर्खा जनमुक्ति मोर्चा विनय खेमा कर्नाटक राज्य समितिका अध्यक्ष आकाश लामाको बाहुलीबाट झण्डा प्रदान गरेर तिनी लगायत अन्यलाई पार्टीमा स्वागत जनाइयो। प्रदीप गुरूङले दिएको जानकारी अनुसार बिमल खेमाबाट केवल आश्वासन अनि बाहिर राज्यमा भएको गोर्खाहरूलाई उपयोग मात्र गरिरहेको छ। सभामा गोर्खा जनमुक्ति मोर्चा विनय खेमा कर्नाटक राज्य समितिका अध्यक्ष आकाश लामा, उप सचिव किस्मत दाहाल, प्रवक्ता रमेश राई, कोषाध्यक्ष सलिम सुब्बा, सहकोषाध्यक्ष रितेश गुरुङ, युवा मोर्चा संयोजक लिमा राई, प्रसान्ना राहापल अनि नारी मोर्चा संयोजिका अनु शर्माको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *