बिमल खेमाद्वारा चिम्नी-देउराली क्षेत्रमा खाद्य तथा सेनिटाइजर वितरण

खरसाङ : खरसाङ महकुमाको चिम्नी-देउराली समिष्टी अन्तर्गत मजुवा, तितेनी, खुन्द्रुके आदि क्षेत्रमा क्वारेन्टाइनमा रहेको मानिसहरूलाई गोर्खा जनमुक्ति मोर्चाका भूमीगत अध्यक्ष बिमल गुरुङको सहयोगमा विभिन्न खाद्य सामग्रीहरु लगायत सेनिटाइजर, कोलगेट, साबुन इत्यादि वितरण गरियो। यस कार्यक्रममा खरसाङ महकुमा सभापति प्रदिप मंगर, सचिव सुरज छेत्री, सहसचिव विवेक मोक्तान, खरसाङ नगरपालिका भूतपूर्व पार्षद श्रीमती शोभा छेत्री, युवा मोर्चा महुकमा समिति संयोजक सत्यवन क्षेत्री, सिटोङ-लाटपन्चर समिष्टी युवा मोर्चा संयोजक पुरण शेर्पा, सिटोङ युवा मोर्चा नेता रबिन खवास लगायत युवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *