बिमल खेमाद्वारा खरसाङको घुम्ती कमानमा कोरोना संक्रमित परिवारलाई खाद्य सामग्रीहरू वितरण

खरसाङ: गोजमुमो बिमल खेमा खरसाङ महानदी खण्ड समिति अन्तर्गत घुम्ती कमानमा प्रतिदिन कोरोना संक्रमितको संख्या बढेर हाल 82 भन्दा धेरै पुगेकोले गर्दा पार्टी अध्यक्ष बिमल गुरुङको पहलमा तथा विशेष केन्द्रीय सहसचिव तथा तकदाह टिस्टा भेल्ली समष्टीका पूर्व पार्षद नर्बूजी लामाको अगुवाइमा आज सबै पिडित परिवारलाई खाद्य सामग्रीहरू वितरण गरियो। यस अवसरमा विशेष रुपले खरसाङ महकुमा कोरोना रिलिफ कमिटीका मुख्य संयोजक दिपेन्द्र देवान, सहसचिव बिवेक मोक्तान, महकुमा नारी मोर्चा अध्यक्ष शान्ति राई, मुल सचिव अनु प्रधान, महकुमा युवा मोर्चा मुल सचिव संजीव सुवेदी छेत्री, नारी मोर्चा महकुमा मिडिया सेलका सुजता लामा, घुम्ती कमान प्यारेन्ट बढी अध्यक्ष रूपेन तामाङ, कोषाध्यक्ष मधुकर शंखर, बबी लाबर, पुनम राई, नारी मोर्चा खण्ड अध्यक्ष शोभा तामाङ, प्रतू गिरी, सचिव गौरी तामाङ, प्रतिमा छेत्री आदिको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *