बिमल खेमाद्वारा पशुपति फाटक क्षेत्रमा सेनिटाइज तथा मास्क वितरण

मिरिक : गोजमुमो बिमल खेमा सिमाना शाखा समितिले आज सीमावर्ती पशुपति फाटक क्षेत्रमा सेनिटाइज  गर्यो। शाखा समितिका कर्मठ सदस्य प्रदीप गुरुङको नेतृत्वमा तथा गोजमुमो अध्यक्ष बिमल गुरुङको विशेष पहलमा सीमावर्ती पशुपति फाटक लगायत चार माइल क्षेत्रमा सेनिटाइज गरियो।


यसको साथै स्थानीय मानिसहरूलाई कोरोना माहमारीबारे जागरुक गराउँदै मास्क पनि वितरण गरियो। उक्त कार्यमा पार्टीका सक्रिय कार्यकर्ता बुद्ध तामाङले विशेष सहयोग पुर्‍याएको प्रदीप गुरुङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *