बिमल खेमाद्वारा सेनिटाइजर सहित अन्य सामग्री वितरण

मङ्पु: कोरोना संक्रमणको दोस्रो वेभको महामारीलाई ध्यानमा राखेर आज गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा मङ्पु लाब्दा समष्टिले समष्टिका विभिन्न शाखाहरुलाई कोरोना सम्बन्धी सर-सामानहरू मास्क, सेनिटाइजर, पीपी किट् आदि वितरण गऱ्यो। कोरोनाको संक्रमणलाई रोकथाम गर्नको निम्ति सामाग्री उपलब्ध गराइ दिएकोमा मङ्पु लाब्दा समष्टिको तर्फबाट पार्टीका सभापति शरण राई अनि सचिव बुद्ध कुमार थापाले अध्यक्ष बिमल गुरुङप्रति आभार व्यक्त गरेका छन्। आजको सामान वितरण कार्यक्रममा समष्टिको धेरैजना प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *