बिमलखेमा गोजमुमो-द्वारा मङपु क्षेत्रमा मास्क वितरण साथै सेनिटाइजेसन

मङपु : कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई ध्यानमा राखेर आज बिमल खेमा गोजमुमोद्वारा मङपुमा मास्क वितरण साथै सेनिटाइज गरियो। गोजमुमो बिमल खेमा मङपु-लाब्दा समष्टि भातृ संगठन प्यारेन्टस बडी, युवा मोर्चा, विद्यार्थी मोर्चाद्वारा मङपुको विभिन्न ठाउँहरू जस्तै मङपु सरकारी अस्पताल, पुलिस चौकी, मङपु बस बिसौनी, मङपु बौद्ध गुम्बा, आईसीडीएस हेल्थ सेन्टर, बिजुली कार्यालय, ब्याङ्क, डाकघर, न्यायालय, रेसेप बजार आदि ठाउँमा सेनिटाइज गरियो।


गोजमुमो संस्थापक अध्यक्ष बिमल गुरुङले यस महामारीलाई ध्यानमा राखेर पहाड क्षेत्रको विभिन्न ठाउँहरूमा सेनिटाइजर, ह्यान्ड ग्लोब्स, मास्क, पीपीई किट जस्ता महत्वपूर्ण सामग्रीहरू मङपु लाब्दा समष्टिमा पठाइ दिएकोमा आज समष्टिको भातृ संगठनका सम्पूर्ण सदस्यले मोर्चा अध्यक्ष बिमल गुरुङप्रति कृतज्ञता प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *