बिमल खेमा गोजमुमो युवा मोर्चा को-अर्डिनेसन कमिटी गठन

बिजनबारी: युवाहरूलाई सङ्गठित बनाउँदै पार्टीको जमिनी धरातललाई मजबुत बनाउने उद्देश्य लिएर बिजनबारी बजारमा आज आयोजित सभामा गोजमुमो बिमल खेमा बिजनबारी भेगको चारवटा समष्टिलाई लिएर एउटा को-अर्डिनेसन कमिटी गठन गरियो। उक्त चार समिष्टहरू क्रमैसँग चुङ्गथुङ मेरीबुङ्, पुल बिजनबारी गोक, रेलिङ कैंजले र रिम्बिक लोधोमा रहेके छ भने ती चारैवटा समष्टिबाट 5-5 जना युवा प्रतिनिधिहरूलाई उक्त कमिटीमा सामेल गरियो। योगेन्द्र राईद्वारा सञ्चालित सभामा युवा मोर्चा केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ तथा केन्द्रीय महासचिव नोमन राईको प्रमुख उपस्थिति थियो। नवगठित को-अर्डिनेसन कमिटीमा मुख्य संयोजकको रूपमा यौवन गुरुङलाई चयन गरिएको छ। यसको साथै युवा मोर्चा केन्द्रीय समितिको निर्णय र निर्देश अनुसार आगामी 25 दिनमा सभामा उपस्थित चारै समिष्टले युवा मोर्चा गठन गरिनु पर्ने निर्देश दिएको छ। सभामा बिजनबारी गोक पुलबजार समिष्टबाट ऋषिहाङ सुब्बा, कैंजले रेलिङ समिष्टबाट फुर्बा मोक्तान, चुङ्गथुङ्ग-मेरीबुङ्ग समिष्टबाट विश्वास गुरुङ् र रिम्बिक लोधोमा समिष्टबाट मणिकुमार गुरुङले आ-आफ्नो समष्टिको रिपोर्ट प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *