बिमलखेमा गोजमुमो युवा मोर्चाको नरबुङ चियाबारी शाखा गठन

खरसाङ : खरसाङ महकुमा अन्तर्गत पर्ने तीनधारे महानदी समष्टिको नरबुङ चियाबारीमा बिमलपन्थी गोजमुमोको युवा मोर्चाको कमिटी गठन गरियो। नरबुङ चियाबारीको ठाँड़ो गाउँमा युवा मोर्चाको नरबुङ शाखा गठन गरियो। उक्त युवा मोर्चाका शाखामा सभापति नरेन राई, उप सभापति अजय सुब्बा, सचिव रोहित सुब्बा, सह सचिव प्रकाश सुब्बा, कोषाध्यक्ष दिपक राई लगायत 37 जनाको कार्यकारी सदस्यहरू चयन गरिएको जानकारी प्राप्त भएको छ। यस सभामा युवा मोर्चाका खरसाङ महकुमा संयोजक सत्यवान छेत्री, गोजमुमो तीनधारे महानदी समष्टिका संयोजक आइतमान राई, युवा मोर्चा समष्टि संयोजक शेखर राई, सिपाहीधुरा नरबुङ खण्ड समितिका संयोजक शरण सुब्बा आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *