बिमल खेमाका प्रार्थी पीटी ओलाले गरे पोख्रेबुङ नागरी क्षेत्रमा चुनाउ प्रचार

सुकेपोखरी :आगामी विधानसभा चुनाउको दार्जिलिङ आसनका गोजमुमो बिमल खेमाका उम्मेद्वार पीटी ओला चुनाउ प्रचारको क्रममा आज पोख्रेबुङ नागरी क्षेत्र आइपुगे। पार्टी महासचिव रोशन गिरी, दिपेन माले तथा अन्य नेतृत्वको साथमा आएका तिनले क्षेत्रको विभिन्न ठाउँमा भ्रमण गर्दै गोर्खा जातिको अस्तित्वको निम्ति पीटी ओलालाई मतदान गर्न आवश्यक रहेको बताए। यसको साथै बिच साङमा चियाबारीको सार्वजनिक भवनमा चुनावी सभा सम्पन्न गरियो। सभालाई सम्बोधन गर्दै महासचिव रोशन गिरीले भारतीय जनता पार्टीबाट गोर्खाको हक र हितको निम्ति कुनै पहल नभएको दावी गरे। तिनले आउँदो विधानसभा चुनाउमा बिमल खेमा प्रार्थी पीटी ओलालाई विपुल मतले विजयी बनाउनुपर्ने सबैसित अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *