बिमल खेमाका राकेश रामुदामु अनि 14 जना युवाहरूले स्वीकारे अनित थापाको नेतृत्वलाई

तकदाह : तकदाह ग्लेनबर्न समष्टिका राकेश रामुदामुको नेतृत्वमा 14 जना युवाहरूले गोजमुमो बिमल खेमा त्यागेर अनित थापाको नेतृत्वलाई स्वीकारेका छन्। राकेश रामुदामु गोर्खा जनमुक्ति मोर्चा (बिमल)-का समष्टि अध्यक्ष थिए। गोजमुमो 2 मा सामेल भएपछि राकेश रामुदामुले भने, म गोर्खाल्याण्डको निम्ति खटेको मान्छे हुँ। अनित दाज्युको काम देखेर नै तिनको नेतृत्वलाई स्वीकार गरेको हो। तिनले जुन इज्जत अनि सम्मान दिनुहुन्छ, त्यस्तो सम्मान मैले यस अघि पाएको थिइनँ। आज म सँग 14 जना युवा भाइहरू मात्र आएका छन्। केही समयपछि हामीसित जोडिन अझ धेरै भाइहरू आउँदैछन् भनी बताए।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *