बिमल खेमाको चुनाउ चिन्ह टेबल, विनय खेमाको सिटी

सिलगढी : बङ्गाल विधानसभा चुनाउको पाँचौ चरणमा आगामी 17 अप्रेलको दिन हुने चुनाउको लागि निर्वाचन आयोगले गोजमुमो विनय समूहको प्रार्थीहरूलाई (पहाडका तीनैवटा आसनको निम्ति) सिटीको चिन्ह दिएको छ। यसैगरी, गोजमुमो बिमल पन्थीका तीनैजना पहाडका उम्मेद्वारहरूको निम्ति चुनाउ आयोगले टेबल चुनाउ चिन्ह दिएको छ। स्मरण रहोस्, यसपल्टको विधानसभा चुनाउमा गोजमुमो दुवै खेमाले आफ्ना उम्मेद्वारहरूलाई पार्टीको तर्फबाट निर्दलीय प्रार्थीको रूपमा चुनाउ मैदानमा खडा गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *