बिमल खेमाको पानीघट्टामा आदिवासी जनमुक्ति मोर्चा कमिटी गठन

पानीघट्टा: गोजमुमो बिमल गुरूङ खेमाको तराई क्षेत्रमा पनि शाखा गठन कार्य चलिरहेको छ। यसैक्रममा पानीघट्टाको गिरमिट लाईनमा पानीघट्टा आदिवासी समुदायका मानिसहरूलाई लिएर बिमल खेमाको आदिवासी जनमुक्ति मोर्चा गठन गरियो। रमेश श्रेष्ठको अध्यक्षतामा गरिएको सभा अनमोल टोप्पोको गृहमा सम्पन्न भएको थियो। सभामा रमेश श्रेष्ठकुमार खवास, बिक्रम छेत्रीले सांगठनिक बिषयमा आ-आफ्नो ब्यक्तिगत अनुभवहरू साझा गरे। सभामा सर्वसहमतिले आदिवासी जनमुक्ति मोर्चा गठन गरियो, जसमा सभापति किशोर मिञ्ज, उपसभापति अर्बिन केरकेटा र करनलिउस तिग्ता, सचिव किशोर कुजुर, सह-सचिव सुवास लकडा, रोमानिउस तिर्की, कोषाध्यक्ष ईश्वर किन्डो सहित प्रमुख सल्लाहकारहरूमा डोन लकडा, समीर ऐक्का, धिरज कोल, राईमर कुजुर, अमृत तिर्की, बिजय ट‍प्पो, अमल टोप्पो लगायत 21 जना कार्यकारिणी सदस्य सामेल रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *