बिमल खेमामा पहिरो जाने क्रम जारी: 44 नम्बर समष्टि सहसचिवले दिए राजिनामा

जलढका : गोजमुमो बिमल खेमाको केन्द्रीय समितिका पदाधिकारीहरूले राजिनामा दिने क्रम चलिरहेकै समयमा यता कालेबुङ जिल्लाको 44 नम्बर समष्टिका पार्टी सहसचिव श्याम कुमार राईले पनि आफ्नो व्यस्तता अनि शारीरिक अस्वस्थताको कारण देखाएर पार्टीबाट राजिनामा दिएका छन्। यसले गर्दा क्षेत्रको साङ्गठनिक सुदृढीकरणमा पार्टीले चलाइरहेको अभियानमा केही असर परेको देखिन्छ। गत 2008 देखि नै पार्टीमा सक्रिय रही आएको साथै जेल र मुद्दामा समेत खटेका श्याम कुमार राईले पार्टीमा कुनै त्रुटि रहेको भए क्षमा याचनासमेत गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *