बिमल खेमा मिरिक महकुमा समितिको सौरेनी समष्टिमा सभा

मिरिक : गोजमुमो बिमल खेमा मिरिक महकुमा समितिको एउटा सभा सौरेनी समष्टिमा आज सम्पन्न भयो। मिरिक महकुमा अध्यक्ष सुमन राईको अध्यक्षतामा सम्पन्न सभामा चारवटै समष्टिका प्रतिनिधिहरू उपस्थित थिए। मिरिक नगरपालिका पूर्व चेयरम्यान श्रीमती माला सुब्बा लगायत चारैवटा समष्टिका नेतृत्वगण, नारी मोर्चा अनि युवा मोर्चाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आजको सभामा युवा मोर्चाको चारवटै समष्टिका संयोजकहरूको नाम युवा मोर्चा मिरिक महकुमा प्रमुख विक्रान्त राईले घोषणा गरे।


  

मिरिक महकुमा युवा मोर्चा सचिव कुशल खनाल, 23 नम्बर समष्टि संयोजक संजोग तामाङ, 24 नम्बर संयोजक सुरज छेत्री, 25 नम्बर संयोजक मन्दीप तामाङ, 26 नम्बर समष्टि संयोजक कञ्चन छेत्री, टाउन कमिटी संयोजक फिरोज तामाङलाई चयन गरियो। सभामा अध्यक्ष बिमल गुरुङको आगमन र पहाडको राजनैतिक परिस्थितिमाथि वक्ताहरूले चर्चा-परिचर्चा गरे। पहाडमा शान्ति र गणतान्त्रिक परिवेशलाई यथावत् राख्दै आफ्नो सङ्गठनको विस्तार गर्ने तिनीहरूले बताए। अब समष्टिमा सक्रियताको साथमा सङ्गठन विस्तार गरिने सौरेनी समष्टि संयोजक सङ्गम राईले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *