बिमल खेमा नागरी फार्मको चुनावी सभा

सुकेपोखरी : विधानसभा चुनाउलाई केन्द्र गरेर सबै राजनैतिक पार्टीका केन्द्रिय, महकुमा, समष्टि तथा बुथ स्तरीय समितिका नेतृत्व एवम् कार्यकर्ताहरू आफ्नो पार्टीका प्रार्थीहरूको जीत सुनिश्चित गर्न चुनाउ प्रचारमा लागिपरेका छन्। यसै क्रममा गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा नागरी फार्मले पनि घरदैलो अभियान चलाउँदै आइरहेको छ। शाखाले यस अभियानलाई जारी राख्दै नयाँ रोड प्रशाखामा चुनावी सभा सम्पन्न गरेको जानकारी प्राप्त भएको छ।


शाखा समितिका पदाधिकारीको उपस्थितिमा सम्पन्न सभामा प्रार्थी पीटी ओलाको जीत सुनाश्चित गर्न कतिवद्ध रहेको मन्तव्य जाहेर गरियो। यसैबिच निहाल प्रधानले अन्य पार्टी छोड़ेर गोजमुमो बिमल खेमालाई समर्थन जनाए। अर्कोतिर गोर्खा जनमुक्ति नारी मोर्चा नागरी फार्म शाखाले पनि चुनावी सभा सम्पन्न गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *