बिमल खेमा नागरी धजे समष्टिको युवा मोर्चा गठन

सुकेपोखरी  : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा नागरी धजे युवा मोर्चा समष्टि गठन गरियो। सङ्गम बजार परिसरमास्थित पार्टी कार्यलयमा समष्टि सभापति विक्रम तामाङको अध्यक्षता तथा सचिव सचिन खालिङद्वारा सञ्चालित सभामा युवा मोर्चा समष्टि गठन गरियो। उक्त समष्टिमा शुलभ शङखर अध्यक्ष र विशाल राईलाई सचिवको रूपमा चयन गरिएको छ। सभामा नवनिर्वाचित सदस्यहरूले पार्टी अध्यक्ष बिमल गुरूङलाई पूर्ण रूपले साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *