बिमल खेमा नागरी फार्म शाखाको चुनावी सभा

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा नागरी फार्म शाखाको चुनावी सभा उपाध्यक्ष मनोज प्रधानको अध्यक्षतामा आज सम्पन्न भयो। यहाँको पार्टी कार्यालयमा सम्पन्न सभामा पार्टी, भातृ सङ्गठन तथा प्रशाखा पदाधिकारी एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभामा सम्पूर्ण प्रशाखाबाट तीन-तीनजना प्रतिनिधिहरूलाई लिएर यस शाखामा पर्ने चारैवटा बुथको लागि चुनाउ कमिटी गठन गरियो। जसमा किरण प्रधान, सपन थापा, सञ्जिव बान्तवा अनि  निर्मल मुखियालाई मुख्य संयोजक चयन गरियो। पार्टी शाखा अध्यक्ष धिरज खवासले समष्टिको पनि दायित्व सम्हालन परेकोले तिनको व्यस्ततालाई ध्यानमा राखेर मनोज प्रधान र पेम्बा लेप्चालाई कार्यकारी अध्यक्ष चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *