बिमल खेमा नारी मोर्चादवारा खरसाङमा सेनिटाइज

खरसाङ : बिमल खेमाको नारी मोर्चादवारा आज खरसाङमा सेनिटाइज गरियो। नारी मोर्चा खरसाङ महकुमा समिति अध्यक्ष तथा वार्ड नम्बर 9 का नगरपार्षदिका शान्ति राई, केन्द्रीय समिति सदस्य मिरा गजमेर, महकुमा समिति प्रचार प्रसार सचिव सुजता गुरूङ, टाउन कमिटी अध्यक्ष शकुन लामा, सचिव शोभा छेत्री, सदस्य इन्दिरा राई, उपाध्यक्ष पूजा गुरूङ, अजगरी वानु अनि अन्यान्य सेनिटाइज कार्यमा सामेल रहेका थिए। आज सेनिटाइज गरिने कार्य मन्टीभियट रोडको टाँसी सम्तेलिङ गुम्बा, हाट बजारको जामा मस्जिद, वार्ड नम्बर 15, बजार क्षेत्र, वर्द्धवान रोड क्षेत्र, धोवी खोलाको एक कोरोना संक्रमित मृतकका घरभित्र अनि बाहिर गरिएको बारेमा नारी मोर्चा टाउन कमिटी सचिव शोभा छेत्री जानकारी दिएकी छन्। पार्टी अध्यक्ष बिमल गुरूङको आदेशमा सेनिटाइजको कार्य सम्पन्न गरेको जानकारी दिँदै तिनले कोरोना विरूद्धको लड़ाईमा हामी नारी मोर्चाका कार्यकर्ताहरू पनि मैदानमा उत्रिएका छौं भनी बताइन्। सेनिटाइज गरिने कार्य जारी राखिने तिनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *