बिमल खेमा नारी मोर्चा केन्द्रीय समितिको सभा सम्पन्न

दार्जिलिङ: गोर्खा जनमुक्ति नारी मोर्चा केन्द्रीय समितिको सिंहमारीस्थित पार्टी कार्यालयमा आज एउटा महत्वपूर्ण सभा श्रीमति अमृता राईको सभापतित्वमा सम्पन्न भयो। सभामा बिशेष गरेर आगामी दिनहरुमा सङ्गठनलाई अघि बढाउनको निम्ति नारी मोर्चाको भूमिका माथि चर्चा- परिचर्चा गरियो। श्रीमती सावित्री राईले सञ्चालन गरेको आजको सभामा नारी मोर्चा कोर कमिटी संयोजक सुश्री उर्मिला रुम्बा, कोर कमिटी सदस्य श्रीमती आशा गुरुङ, श्रीमती शशी डोमा लगायत पहाड तराई एवम् डुवर्सका केन्द्रीय समिति सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *