बिमल खेमा पोख्रेबुङ चामोङ 15 नम्बर समष्टिको सभा

सुकेपोखरी: गोर्खा जन मुक्ति मोर्चा बिमल खेमा पोख्रेबुङ चामोङ 15 नम्बर समष्टिको सभा सेलेम्बोङ सार्वजनिक भवनमा समष्टि अध्यक्ष नरेन छेत्रीको अध्यक्षतामा सम्पन्न भयो।  गोजमुमो 2 अध्यक्ष विनय तामाङले पार्टीबाट राजीनामा दिएपछि स्थानीय धेरै जनाले गोजमुमो 2 छोडेर राजीनामा दिएर गोजमुमो-मा सामेल हुने ईच्छा व्यक्त गरेको बारे सभामा चर्चा गरियो। पार्टी अध्यक्ष बिमल गुरुङले कसैलाई पनि नछुट्याउने नीति रहेको ठहर गर्दै यसबारे आगामी दिनमा सभा बसेर निर्णय लिइने निर्णय लिएकोबारे असिम राईले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *