बिमल खेमा पुल बिजनबारी गोक समष्टिको ब्लक स्तरीय सभा

बिजनबारी: संगठनलाई अझ बलियो बनाउने उद्देश्य लिएर गोजमुमो बिमल खेमा पुल बिजनबारी गोक समष्टिको ब्लक स्तरीय सभा अप्पर गोकमा आज सम्पन्न भयो। समष्टि संयोजक विनय सुब्बाको प्रमुख आतिथ्य तथा दुर्गा प्रसाद बिष्टको अध्यक्षतामा सम्पन्न सभामा पार्टीलाई कसरी अझ प्रभावकारी तथा जनतामुखी बनाउने बारेमा चर्चा परिचर्चा गरियो। यसको साथै युवाहरूलाई गाउँ-गाउँबाट जोड्न युवा मोर्चा कमिटी गठन गरियो। सभालाई स्थानीय सुबास राई गोक तकबीया संयोजक कपील मैनाली, युवा मोर्चा केन्द्रिय सदस्य भिम सुब्बा लगायत समष्टि संयोजक विनय सुब्बाले सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *