बिमल खेमा पुल बिजनबारी गोक समष्टिको साङ्गठनिक सभा सम्पन्न

बिजनबारी : गोर्खा जनमुक्ति मोर्चा पुल बिजनबारी गोक समष्टिको एक महत्वपूर्ण साङ्गठनिक सभा बिजनबारी सार्वजनिक भवनमा समष्टि संयोजक विनय सुब्बाको सभापतित्वमा सम्पन्न भयो। सभामा क्रमैले विजय लोहागुन, कपिल मैनाली, शिव शेर्पा, गोजयुमो केन्द्रीय मिडिया सचिव यौवन इभन गुरुङ, पुनम दर्नाल, अरूण दुराल, योगेन्द्र राई तथा समष्टि संयोजक बिनय सुब्बा आदिले समय अनुकुल संगठन विषयमा उचित सल्लाह परामर्श राखे । आजको सभामा विशेष रुपले युवाहरूको बेरोजगार समस्या तथा निराकरण अनि संगठन विस्तार बिषयमा विस्तृत रुपमा सल्लाह परामर्श र छलफल भएको बताइएको छ। आजको सभाले पारित गरेका प्रस्तावहरुलाई लिएर सल्लाह परामर्शको निम्ति चाँडै समष्टिको प्रतिनिधि टोलीले पार्टी अध्यक्ष बिमल गुरुङसित भेटघाट गर्ने पनि आजको सभाले पारित गरेको छ। समष्टि संयोजक विनय सुब्बा तथा युवा मोर्चा समष्टि संयोजक योगेन्द्र राईले आफ्नो समष्टि र संगठन हितार्थ आफ्नो दल प्रतिनिधिहरुसित दल अध्यक्ष बिमल गुरुङसित भेटघाट गर्ने निश्चित भएको छ। पार्टी अध्यक्षसित भेट गरेर सर-सल्लाह गरेपछि आफ्नो क्षेत्रमा अघि बढ्ने आजको सभामा कुराकानी भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *