बिमल खेमा र टीएमसीमाझको बैठकमा खरसाङ ठेकेदार कल्याण संगठनको गठन

खरसाङ : आज खरसाङ टाउन कमिटी हिल तृणमूल कङ्ग्रेस अनि टाउन कमिटी गोर्खा जनमुक्ति मोर्चा बिमलखेमा बीच दुई दलका सदस्यहरूले संयुक्त रुपमा एउटा सभाको आयोजना गरेर खरसाङ वेलफेयर कन्ट्रयाक्टर अर्थात ठेकेदार कल्याण संगठनको गठन गरेको छ। सभामा विशेष गरेर दुवै पार्टीको पक्षबाट प्रतिनिधिहरु चयन गरिएको छ। हिल तृणमूल कङ्ग्रेस र बिमलपन्थी खरसाङ टाउन कमिटीको संयुक्त सभा बसेर उक्त संगठन गठन गरिएको छ। उक्त एसोसिएशनमा सभापति दावा लामा, उप सभापति सुवास लामा, सचिव आशिष तामाङ, सह सचिव रबीन तामाङ, सल्लाहकारमा लक्ष्मण शर्मा, साङ्गठनिक सभापति आरिफ खान र साङ्गठनिक सचिव बीरेन्द्र लामा आदि चयन गरिएको छ। यस बिषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तृणमूल कङ्ग्रेस खरसाङ टाउन कमिटीका कार्यकारी सभापति आरिफ खान र बिमलपन्थी गोजमुमोबाट आशिष तामाङले आजको सभा र संगठन विषयमा विस्तृत जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *