बिमल खेमा सुके मानेभञ्ज्याङ समष्टिको राङभाङ ब्लक कमिटी गठन

सुकेपोखरी : गोजमुमो बिमल खेमा सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत राङभाङ ब्लक कमिटी गठन गरियो। समष्टि सभापति पेम्बा शेर्पाको अध्यक्षतामा 4 माइल परिसरमा सम्पन्न सभामा गठन गरिएको कमिटीमा अध्यक्ष अमित राई, उपाध्यक्ष योगेन तामाङ र सुरेन मुखिया, सचिव सुकबहादुर सुब्बा, सहसचिव  विनोद गुरूङ र ग्याढमु तामाङ, कोषाध्यक्ष अमिल गोले तथा अन्यलाई चयन गरियो। नवगठित समितिले पार्टीको आचार संहितामा रहेर अध्यक्ष बिमल गुरूङको हात दह्रिलो बनाउने प्रतिबद्धता जाहेर गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *