बिमलखेमा टोलीद्वारा बिजनबारी गोक लोअर तकबिया पैह्रो क्षेत्रको निरीक्षण

बिजनबारी: पुल बिजनबारी क्षेत्र अन्तर्गत गोक खण्ड लोअर तकबिया गाउँमा गएको पैह्रो क्षेत्रको आज गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा पुल बिजनबारी गोक समष्टिका संयोजक बिनय सुब्बाको टोलीले निरीक्षण गरे। उक्त टोलीले गोर्खाल्याण्ड क्षेत्रिय प्रसाशन र बिजनबारी खण्ड विकास अधिकारीलाई उक्त पैह्रो पीडितहरूको सुरक्षा व्यवस्था तथा सहयोग गरिदिने अपील गरेका छन्। अर्कोतिर, उक्त पैह्रोले गर्दा आफुहरू दैनिक रूपमा जोखिममा परिरहेको स्थानीय पीडितहरूले बताए। उक्त निरीक्षण टोलीमा संयोजक सुब्बाबाहेक युवा मोर्चा संयोजक योगेन्द्र राई, प्रचार-प्रसार सचिव अरुण दुराल प्रमुख रूपमा उपस्थित थिए। स्मरण रहोस्, पुल बिजनबारी क्षेत्र अन्तर्गत गोक खण्ड लोअर तकबिया गाउँको 11 वटा घर पैह्रोको चपेटमा परेको छ भने तीमध्ये 3 वटा घरका परिवार निक्कै जोखिममा परेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *